२८ आश्विन २०८३, बुधबार

स्याललाई गोली हान्दा महिलाको मृत्यु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goliतनहुँ । भरुवा बन्दुकको छर्रा लागेर देउराली–३ बस्ने ४५ बर्षीया आसमायाँ गुरुङको मृत्यु भएको छ ।

 

गोली हानेको आरोपमा सोही ठाउँका ६० बर्षीय शुक बहादुर गुरुङ फक्राउ परेका छन् । नाकाखोलाको जंगलमा बाख्रा चराउन गएको बेला बैशाख १८ गते गुरुङले स्याल आयो भनी गोली प्रहार गर्दा घाँस दाउरा लिन गएकी आसमायालाई गोली लागेको थियो ।

छर्रा लागेर गम्भीर घाइते भएकी उनलाई चितवन मेडिकल कलेजबाट थप उपचारको लागि न्यूरो अस्पताल बाँसबारी काठमाडौँ लगिएकोमा उपचारकै क्रममा बिहीबार राति मृत्यु भएको हो । अभियुक्त सुकबहादुरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।