२८ आश्विन २०८३, बुधबार

राजदूत नियुक्ति प्रक्रिया चाँडो अघि बढाउन निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Biccकाठमाडौं, १९ वैशाख । संविधानसभा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले राहदानी वितरण प्रक्रियालाई सहज र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।

समितिको आज (शुक्रबार) सिंहदरबारमा ज्येष्ठ सदस्य माधवकुमार नेपालको अध्यक्षतामा बसेको पहिलो बैठकले परराष्ट्र मन्त्रालय राहदानी शाखामा पासपोर्ट लिने क्रममा महिलामाथि दुव्र्यवहार हुने गरेको भन्दै आपत्ति जनाएको छ । समितिले महिला र पुरुषको भिन्दै लाइन बनाएर व्यवस्थित वितरण गर्ने वातावरण सिर्जना गर्न सरकारलाई लेखी पठाउने निर्णय गरेको छ ।

बैठकले महिलालाई सरोकारवाला निकायबाट प्रवेशाज्ञा (भिसा) दिने अवस्थाका बारेमा पनि जानकारी गराउन तथा मलेसियासित श्रम सम्झौता सकिएर कामदार अन्योलमा परेकाले यसको समाधानका लागि सरकारलाई आग्रह गरेको छ ।

त्यसैगरी सरकार गठन भएको लामो समय बितिसक्दा पनि राजदूत नियुक्ति प्रक्रियामा ढिलाइ भइरहेको भन्दै चाँडो राजदूत नियुक्ति प्रक्रिया अघि बढाउन र सोबारे समितिलाई जानकारी गराउन पनि बैठकले निर्देशन दिएको छ ।

बर्खा लाग्न सुरु भइसकेकाले डुबान, सीमा, कृषिलगायतका समस्याबारे जानकारी लिन तथा नेपाल–भारतको सीमामा नेपाली श्रमिकमाथि हुने गरेको शोषण, दुव्र्यवहारप्रति बैठकले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।