विराटनगर, १९ वैशाख । प्रतिनिधि छनौटमा विवाद भएपछि एकीकृत माओवादीको राष्ट्रिय सम्मेलनको बन्द सत्र अझै सुरु हुन सकेको छैन ।
प्रतिनिधि पर्यवेक्षक कार्यक्रमस्थल वीरेन्द्र सभागृह पुगिसकेका छन् । धनुषा जिल्लाको प्रतिनिधि छनोटमा एमाओवादीमा विवाद छ । विवाद समाधान पछि मात्रै बन्द सत्र सुरु हुने एक नेताले बताए ।
बिवाद समाधान गर्न माग राखेर धनुषाका कार्यकर्ताले कार्यक्रम स्थलमा धर्ना समेत दिएका छन् । केन्द्रीय नेताले टीका लगाएर प्रतिनिधि र पर्यवेक्षक छनोट गरेको भन्दै उनीहरूले बिरोध जनाएका हुन् । धर्नामा बसेका कार्यकर्ताले निर्णय खारेजीको माग गरेका छन् ।
यता, पार्टी भित्र मौलाउँदै गएको विकृति र विसंगतीका विरुद्ध एमाओवादीका पूर्व पोलिटब्यूरो सदस्य श्रवण यादवले पनि धर्ना दिएका छन् । पार्टी भित्र गलत मानिसको प्रवेश गराएको बिरोधमा धर्ना बसेको यादवले बताए ।













प्रतिक्रिया