महेन्द्रनगर, १८ वैशाख । नेकपा–माओवादी सम्बद्ध अखिल क्रान्तिकारीका समर्थकले इन्टरनेशनल पब्लिक उच्च माध्यमिक विद्यालयको गाडीमा आगजनी गरेका छन् ।
कक्षा सञ्चालन भइरहेका बेला आज (शुक्रबार) विहान चार पाँच जनाले विद्यालय बाहिर पार्किङ्ग गरिएको गाडीमा पेट्रोल छर्केर आगो लगाएका हुन् । आगजनीबाट ना ३ ख ४५६ नम्बरको बसमा क्षति पुगेको छ ।
शिक्षक, विद्यार्थी र भर्ना गराउन विद्यालय पुगेका अभिभावकहरूले पानी छर्केर आगो नियन्त्रणमा लिएका छन् ।
विद्यालयले कापीमा महात्मा गान्धीलगायतका विदेशी व्यक्तित्वहरूको तस्बिर छापेर वितरण गरेको बिरोधमा अखिल क्रान्तिकारीले बसमा आगजनी गरेको जनाएको छ ।
आगजनीमा संलग्नम मध्ये प्रकाश जप्रेल र वीरेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ ।
अखिल क्रान्तिकारीका समर्थकले विद्यालयको रिसेप्पसन कक्षका टेबुल, दराज, फोन सेट र कम्युटरमा तोडफोड गरिदिएका छन् । तोडफोडका क्रममा विद्यालय भर्ना हुने आएकी बालिकाको आँखा चोट लागेको छ ।
अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष रामबहादुर महराले शुल्क बृद्धि, भारतीयका फोटो छापिएको लगायतका विषयमा छलफल गर्न जाँदा वास्ता नगरेपछि आगजनी गरिएको बताए ।













प्रतिक्रिया