इटहरी, १८ वैशाख । एमालेका नेता सुरेन्द्र पाण्डेले जेठको अन्तिम साता हुने नवौं महाधिवेशन स्थगित हुन सक्ने बताएका छन् ।
प्रेस चौतारी सुनसरीले आज (बिहीबार) इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पाण्डेले संसदीय दलका नेता अस्वस्थ्य भएका कारण महाधिवेशन रुक्न सक्ने बताए ।
‘एमाले संसदीय दलका नेता केपी ओलीको अस्वस्थताका कारण महाधिवेशन प्रभावित हुन सक्छ,’ उनले भने । पाण्डेले संसदीय दलका नेता अस्वस्थ भएका कारण दलको बैठकसमेत बस्न नसकेको बताए ।
उनले आगामी जेठ २४ देखि ३१ गतेसम्म आयोजना हुने ९ आँै महाधिवेशनबाट गतिशील र सक्रिय नेताको चयन हुने विश्वास दिलाए ।
उनले नेपाल पुँजीवादी समाजका रुपमा अघि बढिरहेको बताए । उनले विभिन्न कालखण्डमा भएका आन्दोलन वा क्रान्तिपछि अहिले नेपाल पुँजीवादी समाजका रुपमा रुपान्तरण भएर गएको बताए । उनले मुलुक पुुँजीवादी समाजमा जानैपर्ने बताए ।
‘एमाले देशलाई कसरी गतिशील बनाउन सकिन्छ भनेर नयाँ राजनीतिक विश्लेषणसहित अघि बढ्ने तयारीमा रहेको छ,’ उनले भने ।













प्रतिक्रिया