२८ आश्विन २०८३, बुधबार

कलंकीमा ‘रेडियो विकिरण’ भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bikiran
काठमाडौं, १८ वैशाख । मानव स्वास्थ्य र पर्यावरणमा गम्भीर खतरा निम्त्याउन सक्ने रेडियो विकिरण यूक्त पदार्थ रहेको बाल्टी काठमाडौंमा भेटिएको छ ।

 

भरतपुरस्थित बिपी कोइरला मेमोरियल क्यान्सर अस्पतालले व्यवस्थित रुपमा नष्ट गर्न कुरियर मार्फत विदेश पठाउन लागेको पदार्थ बाटैमा हराएको थियो ।

 

कलंकीमा चिया पसल गरेर बस्ने व्यक्तिले भेटेको विकिरण रहेको बाल्टी आज (बिहीबार) बिहान प्रहरीको जिम्मा लगाएका छन् । बाल्टी भेटाएपछि चिया पसलेले चिनेको महिलालाई दिएका थिए ।

 

खतरनाक विकिरण हराएको खबर सञ्चार माध्यमबाट आएपछि महिलाले प्रहरीलाई सम्पर्क गरेको प्रहरी सहायक निरीक्षक अर्जुन बस्नेतले जानकारी दिए ।

 

भेटिएको विकिरणसहितको बाल्टी कालीमाटी प्रहरी बृत्तमा सुरक्षित छ । दुई दिनअघि विकिरण राखिएको बाल्टी भेटेर सुरक्षित राखेको ति महिलाले जानकारी गराएको कालीमाटी प्रहरी बृत्तले जनाएको छ ।

 

क्यान्सर अस्पतालले व्यवस्थित रुपमा नष्ट गर्न कुरियर मार्फत विदेश पठाउन लागेको सो खतरनाक पदार्थ बीचबाटो बाटै हराए पछि सबैलाई टाउको दुःखाई भएको थियो । अस्पतालले विकिरण खोज्न बुधबार प्रशासनलाई अनुरोध गरेको थियो ।