गौशाला, १८ वैशाख । जिल्लाको मनरा गाविसमा आफ्नै छिमेकीलाई गोली हानी हत्या गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मनरा–५ बस्ने राजु भन्ने नरेशकुमार सिंह राजपुत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । राजपुतलाई प्रहरीले आज (बिहीबार) बिहान पक्रउ गरेको हो ।
राजपुतले २०५७ कात्तिक ९ गते छिमेकी मनरा–७ बस्ने हरिशङ्कर सिंहलाई गोली हानी हत्या गरी फरार रहँदै आएको प्रहरी उपरीक्षक रामप्रसाद श्रेष्ठले बताए ।
लामो समयदेखि बाहिर भागिरहने फरार अभियुक्त राजु घर आएको खबर पाएर प्रहरी टोलीले उनलाई घरैबाट पक्राउ गरेको हो । सो घटनामा संलग्न अन्य तीनजना अझै फरार रहेको छ भने उनीहरूको पनि खोजी जारी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
यस वर्ष जिल्ला प्रहरी कार्यालयले चलाएको फरार अभियुक्त पक्राउ गर्ने अभियानअन्तर्गत अहिलेसम्म १८ जनालाई पक्राउ गरिसकेको छ ।













प्रतिक्रिया