२८ आश्विन २०८३, बुधबार

एउटीसँग प्रेम गरी अर्कीसँग विवाह गर्दा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

love

डोटी । एउटी केटीसँग प्रेम सम्बन्ध राखी अर्की केटीसँग विवाह गर्ने तयारीमा रहेका डोटीको बगलेक गाविस ४ का २६ वर्षीय प्रेम विष्टलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको धनपा–५ हसनुपर बस्ने २२ वर्षीया लक्ष्मी बमले निज प्रेम विष्टले ४ वर्षअघि आफूसँग प्रेमसम्बन्ध राखी बिहे गर्ने सर्त गरेको र अहिले निज बिष्टले अर्कै केटीसँग विवाह गर्न थालेकोले खोजतलास गरी न्याय दिलाई दिन भन्दै वैशाख २ गते जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र धनगढीमा निवेदन दिएकी थिइन् । उनकै निवेदनको आधारमा प्रहरीले विष्टलाई पक्राउ गरेको हो ।

कैलाली प्रहरी कार्यालयले पक्राउ गरी पठाईदिन आग्रह गरेअनुसार विष्टलाई पक्राउ गरी धनगढी पठाउन लागेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक भोजजंग शाहले बताए ।

निज विष्टको वैशाख १८ गते डडेल्धुरा शीर्ष गाविसस्थित सलौन भन्ने ठाउमा विवाह अर्थात जन्ति जाने तयारी रहेको समेत प्रहरीले जनाएको  नेपाल समाचारपत्रमा छापिएकोछ ।