ललितपुर । राजधानी उपत्यकाको दक्षिणी भेगमा कुनै घटना भई प्रहरी पुग्नुपरे तीन घन्टाभन्दा बढी समय लाग्छ। सरकारले सुरक्षित राजधानीको परिकल्पकना अनुसार घटनाको १० मिनेटमा प्रहरी पुगिसक्ने दाबी गर्दै आएको कान्तिपुरमा खबर छ।
सहरी क्षेत्रसँगको भौगोलिक दूरी कम भएपनि यो भेगभन्दा बढी सुगम र सुरक्षित कुनै पहाडी जिल्ला का अन्य ठाँउ नै होलान्। यहाँ एयटै प्रहरी चौकीले चार पाँच गाविसको शान्ति सुरक्षा हेर्छ। १८ गाविस रहेको यो भेगमा मात्रै पाँच प्रहरी चौकी छन्।
इलाका प्रहरी कार्यलय गोटिगेलले मानिखेल,चन्द्यनपुर, कालेश्वर, बखेल,र शंखुलाई हेर्छ। माल्टा, घुसेल, दलचौकी,र इकुडोल कार्यक्षेत्र रहेको चौकी भट्टे डाँडामा छ। लेले,नल्लु, देवीचौर,डकुछाप,चौघरे,भारदेउ र टक्पीलाई हेर्ने चौकी टीकाभैरवमा छ।
इलाका प्रहरी कार्यलय टुंगुन र टीकाभैरवको मात्र आफ्नै भवन छ। गिम्दी,आश्र्राङ र भट्टेडाँडा चौकीको भवन छैन्। इलाका प्रहरी कार्यलयमा १२ जनाको दरबन्दीमा ६ जना मात्र छन्। १२ जनाले ६ गाविसको शान्ति सुरक्षा हेर्नुपर्दा हालत के होलारु इलाका प्हरी कार्यलय गोटिखेल टुंगुनका सइ भक्तबहादुर खड्काले भने ।














प्रतिक्रिया