जनकपुर, १७ वैशाख । भारतको मधुवनी जिल्लामा भइरहेको लोकसभा निर्वाचनका कारण एक दिनका लागि नेपाल–भारत सीमा बन्द गरिएको छ ।
महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लाको सीमामा जोडिएका क्षेत्र पूर्णरुपले आज (बुधबार) बन्द गरिएको छ । सीमा क्षेत्रमा मंगलबारदेखि नै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यस सन्दर्भमा नेपाल र भारतका सुरक्षा अधिकारीहरुले केही समय पहिले नै सीमा नाका बन्द गर्ने निर्णय गरेका थिए ।













प्रतिक्रिया