२८ आश्विन २०८३, बुधबार

बाबुराम आफ्नै गृहजिल्लामा प्रचण्डसँग कमजोर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baburam

गाेरखा । एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराई आफ्नै गृहजिल्ला गोरखामा कमजोर देखिएका छन् ।

अहिले भइरहेको पार्टीको जिल्ला सम्मेलनले चयन गरेको नेतृत्व तथा राष्ट्रिय प्रतिनिधि संख्यामा बाबुराम पक्षको उपस्थिति कमजोर देखिएको हो ।

राष्ट्रिय सम्मेलनका लागि चयन गरिएको २२ जना प्रतिनिधिमध्ये चारजनामात्रै बाबुराम पक्षका छन् भने १८ जना संस्थापन पक्षबाट छाननिएका छन् ।त्यसैगरी जिल्ला कमिटिमा बाबुराम पक्षको उपस्थिति कमजोर देखिएको छ।३८ सदस्यीय जिल्ला कमिटीमा बाबुराम पक्षका चारजना मात्र  निर्वाचित भएका छन् । संस्थापन पक्षका ३४ जना निर्वाचित भएका छन् ।  जिल्ला कमिटीका ३६ जनाका लागि ७५ जना र १६ सदस्यीय राष्ट्रिय प्रतिनिधिका लागि ३५ जना बीच प्रतिस्पर्धा भएको अन्नपूर्ण पोष्टमा खबर छ ।

सम्मेलनले सर्वसम्मत समिति चयन गर्न नसकेपछि कार्यविधि मिचेर निर्वाचन गराइएको हो। एमाओवादीको पार्टी सम्मेलनलाई व्यवस्थित गर्न बनेको निर्बाचन कार्यविधि २०७० लाई उल्लंघन गरी बाबुराम प्यानल र संस्थापन प्यानल बनाएर चुनाब लडेका हुन्।कार्यविधिको दफा १० मा प्यानल बनाएर निर्वाचन लड्न नपाउने उल्लेख छ। तर जिल्ला कमिटीको निर्वाचनका लागि बाबुराम पक्षले यानप्रसाद भट्ट नेतृत्वको २९ जनाको र राष्ट्रिय प्रतिनिधिका लागि १३ जनाको सूची दर्ता गराएको थियो। संस्थापन (प्रचण्ड) पक्षले जिल्ला कमिटीका लागि अमर तमु नेतृत्वको ३८ जनाको र राष्ट्रिय प्रतिनिधिका लागि १६ जनाको सूची दर्ता गरेका थिए।

पार्टी संगठनको इतिहासमा पहिलो पल्ट भएको एमाओवादीको निर्वाचनप्रति कार्यकर्ता भने निराश भएका छन्। ‘चुनाबले दुरी कम गर्ने होइन, झन बढाउँछ’ ध्याल्चोकबाट आएका रामप्रसाद रेग्मीले भने ‘चुनाबले पार्टी सुदृढ गर्दैन, गुट मात्रै सुदृढ गर्छ।’ अहिले गोरखाका एमाओवादीमा ६५ जना पूर्णकालीन कार्यकर्ता छन्। तर ७५ जना जिल्ला कमिटीका लागि चुनावी मैदानमा छन्।