२८ आश्विन २०८३, बुधबार

बिस्केट जात्रा सुरु, रथ तान्ने क्रममा चार जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्ण प्रसाद चौलागाईं

भक्तपुर २८ चैत । जात्रैजात्राको सहरको रुपमा परिचित भक्तपुरमा ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट जात्राको रथ तान्न सुरु भएको छ ।

नया“ वर्ष सुरु भएस“गै सुरु हुने तान्त्रिक महत्व बोकेको भक्तपुरको प्रसिद्घ ऐतिहासिक, सांस्कृतिक एवम् लिच्छवीकालीन बिस्केट जात्रा बिहीबारदेखि सुरु भएको हो ।

बिस्केट जात्राको महत्वपूर्ण मानिने भैरबको रथ तौमढीबाट तल र माथिका बासिन्दाले तानेका छन् ।

प्रत्येक वर्ष चैत २७ देखि वैशाख ५ गतेसम्म सञ्चालन हुने बिस्केट जात्रा भक्तपुरवासीले ८ रात ९ दिन धुमधामका साथ मनाउने गर्दछन् ।

बिस्केट अर्थात ‘सर्प मारियो’ भन्ने अर्थलाई आधार मानेर नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिपूवर्क निर्माण गरिएको भैरव रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पु¥याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पु¥याएपछि पहिलो दिनको रथजात्रा विसर्जन गरिन्छ ।