बैतडी। लामो समयदेखि मोबाइल फोनमा कुरा गर्दै बिहे गर्ने टुंगोमा पुगेपछि डोटीबाट बैतडी आएकी एक युवतीले केटा मन नपराएको भन्दै घर फर्केकी छिन् ।
पाँच महिना अघिदेखि फोनमा कुरा हुँदै बिहे गर्ने निचोडमा पुगेर डोटीबाट बैतडी आएकी उनले केटालाई देखेर कालो र मन नपरेको बताएपछि प्रहरीले घर फर्काएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–२ का गणेश महरसँग फोनबाट बिहे गर्ने सम्झौता गर्दै घरबाट भागेर आएकी ती युवती केटालाई त्याग्दै प्रहरीको शरणमा पुगेकी थिइन् ।
प्रहरीले उनको घरमा खबर गरेर आफन्तलाई बैतडी आउन अनुरोध गरेको गोठालापानी प्रहरी चौकीका प्रमुख धनसिंह कार्कीले जानकारी दिनुभयो । उनीसँग बिहे गर्ने सुरमा दुई घण्टाको बाटो हिँडेर सदरमुकाम गोठालापानी पुगेका महर पनि युवतीको अस्वीकारपछि रित्तो हात घर फर्किएका छन् ।
फोनबाट विकृति पनि फैलिँदै गरेको एक उदाहरण यो घटना भएको प्रहरीले बताएको छ ।












प्रतिक्रिया