काठमाडौं। नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई थप उपचारका लागि बैंकक लगिएको छ।
नेता ओलीलाई आज अपरान्ह एयर एम्बुलेन्स मार्फत थाइल्याण्ड लगिएकोा हो । ओलीसँगै शिक्षण अस्पतालमा उपचारमा संलग्न डा. दिव्या शाह र ओलीका सहयोगी राजेश शाक्य पनि थाइल्याण्ड गएका हुन्। ओलीको उपचार बैंककस्थित बुमरुमगार्ड अस्पतालमा गरिने भएको छ ।
ओलीलाई लैजान दिउँसो २ बजेर ५० मिनेटमा थाइल्याण्डबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयर एम्बुलेन्स अवतरण गरेको थियो । शिक्षण अस्पतालका अनुसार काठमाडौंमा ओलीलाई भेटन आउने आगन्तुका चापका कारण शान्त बातावरणमा उपचार गर्न बैंकक लागिएको हो ।
‘ओलीको बान्ता आउन र टाउको दुख्न रोकीएको छ, मेनेन्जाइटीस भएको पत्ता लाग्नासाथ उपचार सुरु गरिएको छ’ अस्पतालले जनाएको छ ।
लगातार वान्ता आउने, ज्वरो आउनेक्रम नरोकिए पछि गत आाइतवार राति ११ बजे ओलीलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । चिकित्सकहरुले म्यानेन्जाइटिस र फंगल्सको संक्रमण भएको बताएका थिए ।
सोमवारबाट वान्ता आउने क्रम भने केही रोकिएको थियो । राती सबै रिर्पोट आएपछि उहाँको उपचारमा संलग्न चिकित्सक डा शशी शर्माको टिमले म्यानेन्जाइटिस नै भएको तर यहाँ उपचार गाह्रो भएकाले बाहिर लैजान सल्लाह दिएका थिए । उपचारका लाग्ने सबै खर्च सरकारले व्यहोर्ने गरि परराष्ट्र मन्त्रालयले तयारी गरेको छ । एयर एम्बुलेन्सका लागि पहिल्यै करिव ४० लाख रुपैयाँ डिपोजिट गर्नुपर्ने भएकाले त्यसको बन्दोबस्त गर्न स्वयम परराष्ट्र मन्त्री महेन्द्र पाण्डे आफै सक्रिय हुनुभएको यिथो । यसअघि ओलीको उपचार भारतको राजधानी नयाँ दिल्लीमा करिब डेढ महिना सम्म गरिएको थियो ।














प्रतिक्रिया