२८ आश्विन २०८३, बुधबार

‘संविधानका लागि एक वर्ष धैर्य गर्नुस्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koiralaभक्तपुर । प्रधानमन्त्री सुशील कोइरालाले संविधानका लागि एक वर्ष धैर्य गर्न आग्रह गरेका छन् ।

भक्तपुरमा आज (बुधबार) आयोजित कार्यक्रममा प्रधानमन्त्री कोइरालाले एक वर्षभित्र संविधान जारी हुने भएकाले त्यतिञ्जेल धैर्य गर्न आग्रह गरे ।

संविधान दिने अठोटका साथ सरकार निर्माण भएको बताउँदै कोइरालाले संविधान जारी भएको आठ/दश वर्षमा मुलुकको विकासमा कायापलट हुने बताए ।

उनले शान्ति र विकासका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । जलविद्युत्, पर्यटन, जडीबुटीलगायतका प्राकृतिक स्रोतसाधनको समुचित सदुपयोग गर्नुपर्ने उनको भनाई छ ।

अब मुलुकले कुनै किसिमको द्वन्द्व र कलह खेप्न नसक्ने उल्लेख गर्दै उनले शान्ति स्थापनासँगै विकासमा सबै पक्षको सहयोगको खाँचो रहेको बताए ।