इटहरी । कुमारी बैंकबाट दिनदहाडै ६ लाख रुपैंया चोरिएको छ ।
कुमारी बैंकको इटहरी शाखामा रकम जम्मा गर्दागर्दै इटहरी नगरपलिका–१ का गोकुल प्रसाईको ६ लाख रुपैंया चोरिएको हो । बैंकमा जम्मा गर्न भौचर भर्दै गरेको बेला बैंकको रिसेप्सनबाट १५ बर्षीय किशोरले पैसा राखेको झोला बोकेर भागेको प्रहरीले जनाएको छ ।
प्रहरीले चोरको खोजी गरिरहेको छ ।














प्रतिक्रिया