काठमाडौँ, १४ कात्तिक । उपराष्ट्रपति चयनका लागि आज बिहान ११ बजेबाट मतदान सुरु भएको छ । व्यवस्थापिका–संसद् भवन, नयाँ बानेश्वरमा मतदान सुरु भएको हो ।
निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट अमियकुमार यादव र एकीकृत नेकपा(माओवादी)का तर्फबाट नन्दबहादुर पुन उम्मेदवार हुनुहुन्छ ।
सचिवालयकाअनुसार आज बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म मतदान हुने र अपराह्न २ः३० बाट मतगणना हुनेछ । साँझ ५ बजे बस्ने व्यवस्थापिका–संसद्को बैठकमा सभामुख ओनसरी घर्तीले उपराष्ट्रपतिको मतपरिणाम सार्वजनिक गर्नुहुनेछ ।
राष्ट्रपति, सभामुख, प्रधानमन्त्रीको निर्वाचनपछि राज्यको महत्वपूर्ण पदको रुपमा रहेको उपराष्ट्रपतिको निर्वाचन हुन लागेको हो । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा रहनु भएका पुन विगतमा सशस्त्र सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउनुभएका व्यक्तित्व हुनुहुन्छ । यस्तै काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका यादव पूराना नेता हुनुहुन्छ । रासस












प्रतिक्रिया