२२ कार्तिक २०८३, आइतबार

मधेसी नागरिकको अस्तित्व खतरामाः उपेन्द्र

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra Yadav Daiलहान, १४ कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा भएका सम्झौताको कार्यान्वयन र संविधान संशोधनमार्फत मधेसी जनताको अधिकारको प्रत्याभूति भएपछि मात्र आन्दोलनको रोकिने बताउनुभएको छ ।

फोरम सिरहा क्षेत्र नं १ द्वारा सिरहाको लहानमा आयोजित विरोधसभामा अध्यक्ष यादवले ‘मधेस आन्दोलनका उपलब्धिलाई समेत खोसेर मधेसी नागरिकको राजनीतिक अस्तित्व समेत खतरामा पार्ने गरी आएको संविधान’ अस्वीकार गर्दै शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन जारी रहने छ भन्नुभयो । रासस