काठमाडौं, १४ कात्तिक । उपराष्ट्रपति निर्वाचनका लागि आज मतदान हुँदैछ । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बिहान एघार बजेदेखि २ बजेसम्म मतदान हुनेछ ।
मतदान सक्किएपछि मतगणना गरिनेछ । त्यसका लागि संसद सचिवालयका कर्मचारीलाई जिम्मेवारी तोकिएको छ ।
उपराष्ट्रपति निर्वाचनमा सत्तारुढ गठबन्धनबाट एकीकृत माओवादीका नेता तथा पूर्व लडाकु कमाण्डर नन्दबहादुर पुनले उम्मेदवारी दिनुभएको छ ।
पुनले उपराष्ट्रपतिमा जित हासिल गर्ने सम्भावना अधिक छ । संविधानसभा निर्वाचनका बेला काठमाडौं क्षेत्र नम्बर ४ मा कांग्रेस नेता गगनकुमार थापासँग पराजित भएका पुन रोल्पा जिल्ला निवासी हुनुहुन्छ ।
विपक्षी दल नेपाली कांग्रेसले उपराष्ट्रपति निर्वाचनमा आफ्ना सामानुपातिकतर्फका सांसद अमियकुमार यादवलाई उम्मेदवार बनाएको छ ।
सिरहा जिल्ला निवासी यादव राजनीतिमा लामो अनुभव रहेका नेताका रुपमा चिनिनु हुन्छ ।
उपराष्ट्रपति निर्वाचनमा सांसदहरूले उम्मेदवारलाई गोप्य मतदान गर्ने छन् । मतदानको ततिजा पाँच बजे बस्ने संसदको बैठकमा घोषणा गरिनेछ ।















प्रतिक्रिया