काठमाडौं, १४ कात्तिक । विभिन्न नेता तथा व्यक्तिलाई करोडौं रुपैयाँ दिएको अभिब्यक्ति दिने एमाले सांसद राज्यलक्ष्मी गोल्छामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्ने भएको छ ।
अख्तियारले करोडौं रुपैयाँ दिने गोल्छाको सम्पत्तिको स्रोतमाथि गम्भीर छानबिन गर्ने भएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
गोल्छा अर्गनाइजेसनकी सदस्यसमेत रहेकी एमाले सांसद गोल्छाले केही दिनअघि पत्रकार सम्मेलन गरी एमालेका विभिन्न नेता तथा कार्यकर्तालाई करोडौं रुपैयाँ दिएको तथ्य सार्वजनिक गरेकी थिइन ।
अख्तियारले गोल्छासँग रकम लिएका भनिएका नेता तथा कार्यकर्तामाथि पनि छानबिन गर्दैछ ।















प्रतिक्रिया