२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दीको विरोधमा नेपालबाट राष्ट्रसङ्घलाई एक लाख हस्ताक्षर बुझाइने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Un-ban-ki-moonकाठमाडौँ, १३ कात्तिक । कतारमा होटल व्यवसाय गर्दै आएका लमजुङका सन्तोषबाबु लोहनीले भारतले लगाएको नाकाबन्दीको विरोधमा एक लाख हस्ताक्षर सङ्कलन गरेर संयुक्त राष्ट्र सङ्घका महासचिव बान की मुनलाई बुझाउने भएका छन् ।

लोहनीले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकारसम्मेलन गरेर दसँैमा टीका लगाउन स्वदेश फर्किंदा यहाँ भारतको नाकाबन्दीको कारण नेपाली दाजुभाइको जनजीवन कष्टकर बन्दै गएको देखेर आफूले विरोधस्वरुप हस्ताक्षर सङ्कलन गर्न लागेको बताउनुभयो ।

santoshbabu-lohani
सन्तोषबाबु लोहनी

उहाँले भन्नुभयो–“म एउटा सामान्य नागरिक, मैले त्यत्रो ठूलो मुलुक भारतविरुद्ध केही गर्न सक्ने कुरा भएन, तर विरोध त गर्न सक्छु, अन्तर्राष्ट्रियकरण त गर्न सक्छुृ नि भनेर यस्तो अभियान चलाउने सोच बनाएको छु ।”

लोहनीले कात्तिक २१ गते शनिबार राजधानीको शान्तिवाटिकामा रहेर हस्ताक्षर सङ्कलन गर्नुहुनेछ । सोही दिन एक लाख नपुगे भोलिपल्टसमेत सङ्कलन गर्ने पत्रकारसम्मेलनमा जानकारी दिए । उहाँको हस्ताक्षर अभियान बिहान ७ देखि साँझ ६ बजेसम्म चल्ने छ ।

उहाँले कुनै पार्टी र सङ्घसंस्थासँग आबद्ध नभई सामान्य नेपाली नागरिकको हिसाबमा अभियान चलाउने सोच बनाएको भन्दै सबैलाई शान्तिवाटिका आएर हस्ताक्षर अभियानलाई सफल बनाउन आह्वान गर्नुभयो ।