१ कार्तिक २०८३, शनिबार

कोटाअनुसार ग्यास र इन्धन उपलब्ध गराउने प्रशासनको प्रतिबद्धता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LP gas cylinder-1सप्तरी, १३ कात्तिक । सप्तरीका प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरले जिल्लामा कोटाअनुसार पाउनुपर्ने पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासलाई सरल र सुलभ तरिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मधेसी मोर्चाले सप्तरीसहित तराईको जिल्लामा लामो समयदेखि जारी राखेको आमहडताल र बन्दका कारण काठमाडाँैलगायत देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थ र ग्यासलाई सप्तरीमा कटौती गरी त्यसतर्फ पठाइएको गुनासो पाइएपछि यस्तो सहजता अपनाउन लागिएको उहाँले बताउनुभयो ।

निगमका पूर्वाञ्चल क्षेत्रीय कार्यालय विराटनगर तथा ग्यास कम्पनीले निर्धारणमा दुई महिनायता सप्तरी जिल्लालाई कटौती गरेपछि जिल्लामा पेट्रोल र ग्यासलगायतको चरम अभाव भएका कारण दैनिकी जीवनयापनमा कष्टकर भइरहेको भन्दै ग्यास व्यवसायी सङ्घले प्रजिअ ठाकुरलाई गुनासो सुनाएपछि उहाँले जिल्लामा ग्यास र पेट्रोल उपल्बध गराउने भन्नुभयो ।

प्रजिअ ठाकुरले यस विषयमा गह मन्त्रालय, वाणिज्य मन्त्रालय, निगमको क्षेत्रीय कार्यालय र क्षेत्रीय प्रशासन तथा ग्यास उत्पादक कम्पनीलगायतलाई जानकारी गराई उपलब्ध गराउने जानकारी गराउनुभयो ।

सप्तरीमा मासिक २३ हजार ५०० खाना पकाउने ग्यासको सिलिन्डर खप्त हुने गरेकामा दुई महिनायता दुई हजार मात्र ग्यासको सिलिन्डर आएको बताइएको छ । रासस