१ कार्तिक २०८३, शनिबार

पत्रकार श्रेष्ठलाई तत्काल रिहा गर्न माग गर्दै अध्यक्ष शर्माले भनिन्– अधिनायकवादी सरकारको आयु धेरै छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेकी छन् ।

उनले सरकारले प्रहरी प्रशासनको दुरुपयोग गरी पत्रकार पक्राउ गर्ने र सञ्चारमाध्यममाथि दबाब सिर्जना गर्ने प्रवृत्तिप्रति आपत्ति जनाएकी हुन् ।

‘समाचारमा चित्त बुझेन भने प्रेस काउन्सिलमा जाने होला नि ! छलफल पनि काउन्सिलमा गराउने पत्रकार आचार संहिताको मर्म हो ! तर केही महिनादेखि सरकार प्रहरी प्रशासनको दुरुपयोग गरेर पत्रकार प्रकाउ गर्ने र मिडियालाई दमन गर्न उद्धत छ ! प्रेस स्वतन्त्रता माथि अंकुश लगाएर लोकतन्त्र, संविधान र विधिको शासन उल्लंघन गर्ने सरकारी रवैयाको घोर भर्त्सना गर्दै पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर’ अध्यक्ष शर्माले फेसबुकमा लेखेकी छन्, ‘अधिनायकवादी सरकारको आयु त धेरै छैन ! पत्रकारलाई साइबर ब्युरोमा छलफल गराउने कुरा नै विधि सम्मत छैन ! सरकार दिनानुदिन प्रेस काउन्सिलको औचित्य समाप्त गर्दैछ ! प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेपविरुद्ध एक हौँ’

सरकारको कार्यशैलीको आलोचना गर्दै अध्यक्ष शर्माले वर्तमान सरकारको आयु लामो नरहेको टिप्पणी समेत गरेकी छन् ।