१ कार्तिक २०८३, शनिबार

गगन थापाले लिए कांग्रेस सभापति पदको शपथ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् ।

काठमाडौंमा असोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शनिबार शपथ गराएका हुन् ।

प्रतिज्ञा पत्र नाम दिइएको शपथग्रहण पत्रमा वाचनपछि उनले हस्ताक्षर समेत गरेका छन् ।

शपथपछि नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष विश्वप्रकाश शर्माले उनलाई फूलमाला र खाता लगाएर स्वागत गरेका थिए ।

नवनिर्वाचित अन्य पदाधिकारी एवम् सदस्यहरुको शपथ भने दशैंपछि हुने निर्वाचन समितिले जनाएको छ ।