२२ कार्तिक २०८३, आइतबार

प्रधानमन्त्री ओलीलाई एमाओवादीको कडा चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Oli-prachandaकाठमाडौं, १३ कात्तिक । सत्तारुढ गठबन्धनमा उपराष्ट्रपतिको उम्मेदवारमा विवाद भएपछि त्यसको असर अहिलेको सरकारमा पनि परेको छ ।

सत्तारुढ गठबन्धनका साना दल तथा एमाले नेता माधव कुमार नेपालले एमाओवादीका उम्मेदवार नन्दकिशोर पुन ‘पासाङ’लाई कुनै हालतमा स्वीकार गर्न नसकिने जनाएका थिए । आफ्ना उम्मेदवारलाई अस्वीकार गरेपछि एमाओवादीले प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकार छाड्ने चेतावनी दिएको हो ।

सत्तारुढ दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमै एमाओवादीका केही नेताले ओलीलाई उपराष्ट्रपतिका उम्मेदवार पासाङलाई स्वीकार नगरे सत्ता सहकार्य तोड्ने चेतावनी दिएको बैठक स्रोतले जनाएको छ । संयन्त्रका संयोजक प्रचण्डले पनि एमाओवादी नेताको चेतावनीमा साथ दिँदा प्रधानमन्त्री ओली हच्किएका छन् ।

एमाओवादीले पासाङ उम्मेदवार नभए सत्तागठबन्धनमा नै असर पर्ने चेतावनी दिएको थियो । सरकार छाड्ने चेतावनीपछि अहिले एमाले र एमाओवादी नेतृत्वबीच प्रधानमन्त्रीको चेम्बरमा गोप्य छलफल चलिरहेको छ ।

एमाओवादीको चेतावनीपछि पासाङलाई उम्मेदवार बनाउन प्रधानमन्त्री सकारात्मक देखिएका छन् । यद्यपी निर्णय भइसकेको छैन् ।