६ कार्तिक २०८३, शुक्रबार

मधेसी मोर्चाले भन्यो- अब चीनले देख्नेछ हाम्रो शक्ति, केरुङ नाका बन्द गरेरै छाड्छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-yadavराजविराज । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले केरुङ नाका पनि रोक्ने चेतावनी दिएका छन् ।
जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन राजविराज आएका यादवले विहीबार पत्रकार सम्मेलनमा यस्तो चेतावनी दिएका हुन् ।
भारततर्फ नाकाबन्दी भएपछि सरकारले चीनको नाकाबाट समान ल्याउने तयारी गरिरहेका बेला यादवले भने–‘सरकारले मधेस आन्दोलनको माग सम्वोधन नगरी चीनबाट पेट्रोलियम पदार्थ ल्याए केरुङ नाका पनि ठप्प पानेर्छौ ।’
केरुङ नाका वन्द गर्न सक्दो तागत लगाउँने बताएका उनले त्यसका  लागि आदिवासी जनजाती तयार रहेको जनाए । भारतको विकल्प अर्को देश हुनै नसक्ने जिकिर गर्दै उनले चीनबाट समान ल्याएर नेपाल कहिल्यै उँभो नलाग्ने दावी गरे । भारतसँगको सम्वन्धलाई अन्य देशसँग तुलनै गर्न नसकिने उनले बताए ।
चीनसँग बढाएको सम्वन्धलाई अस्थिर विदेश नीतिको संज्ञा दिदै उनले एकातर्फ झुकाव राखेर अर्कोतर्फ ब्ल्याकमेल गर्ने राजनीति नेपालका लागि हितकर नहुने दावी गरे । मधेश आन्दोलनको उद्देश्य कसैको गुणगान वा विरोध नभएको बताएका यादवले भारतको झण्डा जलाइएको घटनालाई दुःखदायी भएको बताएका छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।