नेपालगन्ज । नेपालगन्ज-रुपैडिया नाकामा अवरोध गरिरहेका मधेसी मोर्चाका नेताहरुलाई भारतीय प्रहरीको सहयोगमा सर्वसाधारणले दशगजामा घेराउ गरी वारी ल्याएर प्रहरीको जिम्मा लगाएपछि सीमामा तनाव भएको छ ।
इन्धन र दैनिक उपभोग्य वस्तु खरिद गर्न रुपैडिया जान नपाएको आक्रोशित भीडले उनीहरुलाई घेरेर नियन्त्रणमा लिएको हो । आन्दोलनकारी अगुवाहरुलाई दशगजाबाट तानेर वारी ल्याउने क्रममा हातपातसमेत गरिएको मोर्चाको आरोप छ ।
भीडको नियन्त्रणबाट मोर्चाका नेताहरुलाई छुटाउन प्रहरीलाई हम्मेहम्मे परेको थियो । मोर्चाका कार्यकर्ताहरुले नाकामा धर्ना दिएर सवारी आउजाउ बन्द गराएका थिए । जमुनाहमा जम्मा भएका युवाहरुले सर्वसाधारणलाई दुःख नदिन मोर्चाका नेतालार्य सुझाव दिइरहेका थिए ।कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया