काठमाडौं, १३ कात्तिक । एकीकृत माओवादीले आफ्ना नेता नन्दकिशोर पुनलाई नै निरन्तरता दिने निर्णय गरेको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समिति बैठकले आफ्ना नेता पुनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
एमाओवादीका प्रवक्ता दीनानाथ शर्माले नेता नन्दकिशोर पुन संवैधानिक व्यवस्थाअनुसार पनि उपयुक्त रहेको ठहर गर्दै अगाडि बढाउने निर्णय गरिएको बताउनुभयो ।
यसअघि सत्तारुढ दलहरूको बैठकमा थारु वा मधेसी मुलका नेतालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने भन्दै अडान राखेपछि खटपट भएको थियो । तर एमाओवादीले पुनलाई नै निरन्तरता दिने निर्णय गरेपछि विवाद हट्ने नेताहरूको भनाइ छ ।
नेता पुनले तोकिएको समयमा सत्तारुढ दलहरूको समर्थनमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा गइ उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गराउनु हुने प्रवक्ता शर्माले बताउनुभयो ।












प्रतिक्रिया