२२ कार्तिक २०८३, आइतबार

उपराष्ट्रपतिमा आज उम्मेदवारी दर्ता हुँदै, ‘पासाङ’ र यादवबीच भीडन्त !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bicc-Sambidhan-sava-bhawan2काठमाडौं, १३ कात्तिक । उपराष्ट्रपति निर्वाचनका लागि आज दलहरूले उम्मेदवारी दर्ता गराउँदैछन् ।

संसद सचिवालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार आज मनोनयन दर्ता गराउनपर्ने हुन्छ ।

सत्तारुढ दलहरूका तर्फबाट एमाओवादीका नेता नन्दकिशोर पुन ‘पासाङ’लाई उपराष्ट्रपतिमा उम्मेदवार बनाउने तयारी गरिएको छ ।

तर केही दलहरूले थारु वा मधेसी मुलका नेतालाई उम्मेदवार बनाउन भनेपछि ‘पासाङ’का विषयमा अन्तिम निर्णय गर्न दलहरू छलफलमा छन् ।

कांग्रेसले उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उम्मेदवारी दिन लगाएको छ । यादव कांग्रेसका सांसद हुन् ।

सत्ता गठबन्धनको समीकरणअनुसार सात्तापक्षले उम्मेदवार बनाउने ले नै उपराष्ट्रपतिमा विजयी हासिल गर्ने पक्का छ ।