काठमाडौँ, १५ असार । नेपाल कृषिप्रधान देश । त्यही भएर पनि होला नेपालका अधिकांश जनसंख्या कृषिमा निर्भर रहेका हुन्छन् ।
मानो खाएर मुरी उव्जाउँने महिनाका रुपमा समेत मानिआएको असार–साउनमा नेपालका कृषकहरुको व्यस्तता पनि त्यत्तिक्कै बढेको हुन्छ । अझ असार महिनाको त दही च्युरा खाने, रोपाईँ महोत्सव मनाउँने जस्ता पर्वले गर्दा वेग्लै खालको महत्व रहँदै आएको छ ।
असारको १५ मा धान दिवस मनाउँने चलन छ । यही परम्परा अनुसार आज ११ औ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरी मुुलुकभरी मनाइदैछ । सरकारी र गैरसरकारीस्तरमा रोपाई महोत्सवहरु पनि गरिँदैछन् ।
यसैलाई सन्दर्भ पारेर ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ भन्ने नाराका साथ धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागिएको कृषि मन्त्रालयले जनाएको छ । धान दिवसकै अवसरमा आइतवार ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना गरिएको पनि मन्त्रालयले जनाएको छ ।
















प्रतिक्रिया