११ कार्तिक २०८३, बुधबार

दलहरुलाई प्रधानमन्त्रीले किन खुवाए भोज ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-oli-sushilकाठमाडौँ, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकले व्यहोर्न परेको असहज परिस्थितिमा सबै दलहरु मिलेर अघि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

संविधान जारी भएको उपलक्ष्यमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गर्नुभएको दिवा भोजमा सञ्चारकर्मीसँग बोल्दै उहाँले जनअपेक्षाअनुसार दैनिक जनजीवन सहज बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । उहाँले छिट्टै अत्यावश्यक वस्तुको सहज आपूर्ति हुने विश्वास पनि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले राष्ट्र हितका लागि राजनीतिक दलले नेपाली जनताको भावनाअनुरुप संविधान जारी गरेर लागूसमेत गरिसकेको अवस्थामा कुनै पक्षले यसको विरोध गर्दै आन्दोलन गरेर जनजीवन असहज बनाउनु नाजायज भएको बताउनुभयो ।

वार्ता र संवादबाटै सबै समस्याको निराकरण गर्न सरकार गम्भीर रहेको दोहो¥याउँदै उहाँले आन्दोलनरत पक्षलाई वार्तामा बसेर समस्या समाधानमा सहयोगी बन्न आग्रह गर्नुभयो ।

नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा रहेपनि मुलुकले भोगिरहेको समस्या समाधान गर्न प्रतिबद्ध रहने बताउनुभयो । उहाँले राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधान जारी भएसँगै अब संविधानको कार्यान्वयन गर्नु पर्ने चुनौती रहेकाले प्रमुख दलको सहयात्रा अहिले पनि आवश्यक रहेको बताउनुभयो ।

नेका, नेकपा(एमाले) र एमाओवादीलगायत राजनीतिक शक्तिबीचको सहमतिले मात्र जनताको आशा र भरोसा पूरा गर्न सक्ने भन्दै उहाँले प्रतिपक्षमा रहेता पनि काँग्रेसले सहमतिको यात्रा नतोड्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीद्वारा आयोजित सर्वदलीय दिवा भोजमा सत्ताधारी दलका नेता तथा सांसदसहित प्रतिपक्षी दलका नेताको समेत उपस्थिति थियो । सर्वदलीय भोजमा आन्दोलनरत मधेस केन्द्रित दलका नेताको भने सहभागिता रहेको थिएन । रासस