११ कार्तिक २०८३, बुधबार

युवा सङ्घले क्युवामा हुने महासभामा भाग लिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rajib-pahadi-1काठमाडौँ, १२ कात्तिक । युवा सङ्घ नेपालले विश्व प्रजातान्त्रिक युवा सङ्घको १९ औँ महासभामा भाग लिने भएको छ ।

यही कात्तिक २१ देखि २८ गतेसम्म क्युवामा हुने सो सम्मेलनमा विश्वका विभिन्न प्रगतिशील राष्ट्रका युवा सङ्घ सङ्गठनको सहभागिता रहनेछ । युवा सङ्घका अध्यक्ष राजीव पहारी नेपालको नेतृत्व गर्दै त्यसतर्फ जानुहुने छ भने युवा सङ्घले उपाध्यक्ष पदमा उम्मेदवारीसमेत दिने बताइएको छ ।

मुख्य कार्यालय हङ्गेरीमा रहेको सो संस्थाले विश्वमा गरिबी निवारण, युवामैत्री समाज निर्माण, विश्व भ्रातृत्व तथा विश्व शान्तिका लागि युवाको भूमिकालाई सक्रिय बनाउने कार्यक्रम सञ्चालन गर्दै आएको युवा सङ्घका महासचिव प्रभातविक्रम कटुवालले जानकारी दिनुभयो ।

सहभागी राष्ट्रले सम्बन्धित मुलुकमा युवा वर्गको अवस्था, नीति निर्माणमा उनीहरुको सहभागिता, देश विकासका लागि युवाशक्तिको महत्वकालगायत विषयमा छलफल तथा विज्ञबाट कार्यपत्र प्रस्तुत गरिनेछ । रासस