११ कार्तिक २०८३, बुधबार

वन क्षेत्रमा वृद्धको बेवारिसे शव फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Taplejung-pahiro-3कञ्चनपुर, १२ कात्तिक । कञ्चनपुरको बेदकोट नगरपालिका– ३ छेला नजिकको वन क्षेत्रमा गएराति अन्दाजी ६० वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको छ ।

स्थानीय बासिन्दाले वन क्षेत्रमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय झलारीबाट गएको प्रहरीको टोलीले शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा पठाएको छ ।

शव नजिकै सेल्फास नामक विषादी फेला परेकाले वृद्धले आत्महत्या गरेको हुन सक्ने प्रहरी निरीक्षक ज्ञानबहादुर सेठीले बताउनुभयो ।

वृद्धको हालसम्म सनाखत हुन नसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस