२२ कार्तिक २०८३, आइतबार

७० वर्षीय वृद्ध चीन मिलको गेट अगाडि मृत फेला

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbini Suger Millपरासी, १२ कात्तिक । नवलपरासीको सुनवलमा गएराति एक वृद्धको शव फेला परेको छ ।

अन्दाजी ७० वर्षीय वृद्धको शव सुनवल– १ चिनीमिलको ए गेट अगाडि फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रारम्भिक अनुसन्धानपछि परीक्षणका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले बताउनुभयो ।

सुनवल क्षेत्रमा बस्दै आएका वृद्धको नाम, थर र वतन खुल्न सकेको छैन । रासस