२२ कार्तिक २०८३, आइतबार

प्रथम महिला राष्ट्रपति भण्डारीलाई आज शपथ खुवाइँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-Bhandari-sansad-1काठमाडौं, १२ कात्तिक । महिला प्रथम तथा मुलुकको दोस्रो राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयको शपथ लिनुु हुँदैछ ।

दिउँसो तीन बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुने विशेष कार्यक्रममा प्रधान न्यायाधीश कल्याण श्रेष्ठले भण्डारीलाई पद तथा गोपनीयताको शपथ दिलाउनु हुनेछ । शपथका लागि राष्ट्रपति कार्यालय शीतल निवासले तयारी गरेको छ ।

एमाले उपाध्यक्ष रहनुभएकी भण्डारीले बुधबार सत्तागठबन्धनका दलहरूको समर्थनमा राष्ट्रपति पदमा निर्वाचित हुनु भएको थियो ।

उहाँले आफ्ना प्रतिद्वन्द्वी कांग्रेसका नेता कुलबहादुर गुरुङलाई पराजित गर्नुभएको हो ।