११ कार्तिक २०८३, बुधबार

सीमावारी नै ठगिन्छन् दिल्ली ताक्नेहरु…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-india

– नरेश केसी
भैरहवा, ११ कात्तिक । नेपालबाट भारतको राजधानी दिल्ली जानको लागि नेपाल सरकार र भारत सरकारले प्रधानमन्त्री स्तरीय बस सेवा सञ्चालन गरेता पनि यात्रुहरु ठगिने क्रम रोकिएको छैन् ।

भारतबाट नेपाल आउने र नेपालबाट भारत जाने यात्रुहरु ठगिने, लुटिने तथा दुखः पाउने क्रम अत्याधिक भएपछि प्रधानमन्त्री स्तरमा छलफल भई नेपाल भारत सीधा बस सेवा सञ्चालनमा आएको थियो । नेपालका मुख्य शहर काठमाण्डौं, पोखरा र बुटवलदेखी दिल्ली र भारतको मुख्य शहर दिल्लीदेखी नेपालका मुख्य शहरमा सीधा बस सेवा सन्चालनमा छन् । करिब एक वर्ष अगाडी सन्चालनमा आएको बस सेवालाई सीमावर्ति क्षेत्रका एजेन्टहरुको कारण बद्नाम गराउने काम भएको छ ।

दिल्ली काठमाण्डौं र काठमाण्डौं दिल्ली सिधा बस सेवामा सवार हुने यात्रुले सरकारले तोकेको दररेटमा टिकट लिएर जाने गर्दछन् तर नेपाल भारत सीमा क्षेत्र बेलहियाका केही व्यक्तिले सो सेवालाई प्रभावित गर्नेगरी आफूखुसी भाडा लिने, टिकट पनि नदिने, लोकल बसमा जस्तै गरेर मानिसहरु बसालिदिने गर्दा यात्रुले सास्ती समेत खेप्नु परेको छ ।

बेलहियाका रुपसिंह थापासहितको एउटा समुहले विना टिकट यात्रुहरुलाई दिल्ली जाने गाडीमा चढाईदिने गरेको पाइएको छ । थापाले सादा पेपरमा टिकट नम्बर लेखेर दिने र बेलहियादेखि दिल्लीको भाडा प्रतिव्यक्ति ८ सय नेपाली लिनुपर्नेमा ८ सय ५० लिने गरेका छन् । थापाले पठाएका यात्रुहरु कतिपयलाई बस कन्डक्टरले टिकट चेकजांचको क्रममा बिचबाटोमै झारिदिएको पनि बुझिएको छ ।

लुम्बिनी अन्चलका गुल्मी, अर्घाखाची, नवलपरासी, पाल्पा, कपिलवस्तु र रुपन्देही तथा राप्ती अन्चलका प्यूठान, रोल्पा, दांग, सल्यान, रुकुम एवं पश्चिम र मध्यमश्चिम नेपालका मान्छेहरु भारतको विभिन्न शहरमा रोजगारीको लागी तथा अन्य कामको लागी जादा बेलहिया सुनौली नाका प्रयोग गर्ने गर्दछन् ।

काठमाण्डौबाट र पोखराबाट दैनिक दिल्लीकोलागी बस छुट्ने गर्दछ भने बुटवलबाट हप्तामा २ पटक छुट्ने गर्दछ । उता दिल्लीको दिल्ली गेट, मजुर कटिला र जोहगीरपुरीबाट नेपालको लागी बस छुट्ने गर्दछन् ।

यसरी दिल्ली जान हिडेका यात्रुहरुलाई किन गैर कानुनी रुपमा टिकट बेचेको भनी यो सम्बाददाताले रुपसिंह थापालाई बुझ्दा उनले अहिले सम्म आफुूे पठाएको यात्रुबाट कुनै कम्पलेन नआएको बताए । थापाले टिकट चाहिं नदिने गरेको स्वीकारे ।

गैर कानुनी तवरले यात्रुहरु बसमा पठाउदां एकातिर यात्रुहरु भारतीय अन्जान शहरमा अलपत्र परिरहेका छन् भने अर्कोतिर सरकारी राजस्व पनि गुमेको बेलहियाबाट दिल्लीजाने यात्रुकोलागी टिकट बुक गर्ने सफ्ट एक्सक्लुसन टुर एण्ड ट्राभल्सका सन्चालक रमेश थापाले बताए । थापाले भने “प्रशासनले छानविन गर्नु जरुरी छ । एकातिर यात्रुले दुखः पाएका छन् भने अर्कोतिर हामी जस्तो कानुनी रुपमा दर्तावाल व्यवसाय धरापमा पर्ने खतरा बढेको छ । ”

विना टिकट बसमा सवार हुदां दुर्घटना विमाबाट यात्रु बन्चित हुने, विचबाटोमै अलपत्र पर्ने, चेकजांचको नाममा दोहोरो भाडा तिर्नुपर्ने जस्ता झन्झट यात्रुले बेहोर्नुपर्ने हुन्छ ।