काठमाडौं, ११ कात्तिक । नेपालमा राजनीतिक प्राप्तीको आन्दोलनको चरण सकिएकोे र अब आर्थिक सम्बृद्धिको बाटोमा अगाडि बढ्नुपर्ने बताउँदै युवालाई देश निर्माणमा लाग्न पूर्ब उद्योगमन्त्री महेश बस्नेतले आग्रह गरेका छन् ।
युथ्स युनेस्को क्लबको आयोजनामा राजधानीमा शुरु भएको युवा भेलामा पूर्बमन्त्री बस्नेतले आयात भन्दा निर्यातमुखी उद्योग खोल्नतर्फ लाग्नुपर्ने समय आएको र नेपाल सिमेन्ट उद्योगमा आत्मनिर्भर उन्मुख रहेको बताउँदै सिमेन्ट उत्पादनका लागि प्रयोगमा आउने लाइमस्टोनको नेपालबाट निर्यात हुँदै आइरहेकोले बताए ।
दश देशका ३० भन्दा बढी युवा सहभागी ५ दिने भेलामा अमेरिकन युनिभर्सिटी अफ सोभर्जन नेशनका उपकुलपति ड्यारेल मेसर, पूर्व उद्योगमन्त्री महेश बस्नेत, पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी, नेपाल हेल्थ रिसर्च काउन्सीलका सदस्य सचिब डा. खेम कार्की लगायतको सहभागिता रहेको छ ।
प्रकोपमा युवाहरुले कसरी योगदान गर्न सक्छन भन्ने बिषयमा एयुएसएनका उपकुलपति मेसरले आफ्नो बिचार ब्यक्त गरेका थिए । कार्यक्रममा सिकेका कुरा ब्यबहारमा उतार्न आबस्यक रहेको बताउँदै उपकुलपति मेसरले नेपाल निर्माणमा युवालाई सहभागी गराउन आग्रह गरे ।
नेपाल हेल्थ रिसर्च काउन्सिलका सदस्य सचिब खेम कार्कीले नेपालमा गएको आम बिनसकारी भूकम्पमा युवाहरुको भूमिका स्वागत योग्य रहेको बताउँदै स्वास्थ्य क्षेत्रको योगदान पनि ऐतिहासिक रहेको बताए ।
यस पटक नेपालमा आयोजना गरिएको यो कार्यक्रम सातौं संस्करण भएको बताउँदै युथ्स युनेस्को क्लबका अध्यक्ष रिमेश खनालले कार्यक्रमको समयमा एक्सन प्लान बनाउने र यसलाई बर्ष भरिमा कार्यान्वयनमा ल्याउने बताए ।
नेपालमा भर्खरै गएको आम बिनाशकारी भूकम्पको समयमा उत्कृष्ट योगदान दिएका ३ जना युवालाई कार्यक्रममा युथ एम्बासडर सम्मान प्रदान समेत गरिएको छ । सम्मानित युवाहरुमा अबिज्ञान श्रेष्ठ, बिकास थापा र निर्मल कार्की रहेका छन् ।
न्युजिल्याण्ड, अमेरिका, जापान, थाइल्याण्ड, फिलिपिन्स, भारत, नेपाल लगायतका देशहरुबाट सहभागिता जनाइएको यो कार्यक्रम कात्तिक १० गते देखि १४ गतेसम्म संचालन हुने छ । अन्तर्राष्ट्रिय सहभागिलाई भूकम्पबाट प्रभाबित क्षेत्रमा भ्रमण गराइने कार्यक्रम रहेको युथ्स युनेस्को क्लबका महासचिव बिबेक अधिकारीले जानकारी दिए ।



















प्रतिक्रिया