२२ कार्तिक २०८३, आइतबार

विद्यादेवी भण्डारी राष्ट्रपति निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bidhya davi bhandari

काठमाडौं, ११ कात्तिक । नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारी नयाँ राष्ट्रपति निर्वाचित हुनुभएको छ ।

बुधबार व्यवस्थापिका संसदमा भएको गोप्य मतदानमा भण्डारी राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । उहाँले ३ सय २७ मत पाउनुभयो । यसैगरी, कांग्रेस उम्मेदवार कुलबहादुर गुरुङले २ सय १४ मत पाउनुभयो ।

औपचारिक रुपमा भने मतपरिणाम घोषणा गर्न बाँकी छ ।सत्तारुढ दलका सांसद भण्डारीका पक्षमा भएका कारण उहाँ निर्वाचित हुने पक्कापक्की नै थियो ।

नेपालको महिला आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी भण्डारी देशकै पहिलो महिला राष्ट्रपति बन्न सफल हुनुभएको छ । उहाँ जननेता मदन भण्डारीकी धर्मपत्नी हुनुहुन्छ ।