काठमाडौँ ११ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपालको दोश्रो राष्ट्रपति चयनका लागि मतदान गर्नुभएको छ ।
राष्ट्रपति चयनको लागि नयाँबानेश्वरस्थित व्यवस्थापिका–संसद् भवनको ल्होत्से हलमा जारी गोप्य मतदानमा ११ः२५ बजे ओलीले मतदान गर्नुभएको हो ।
यसैगरी, प्रधानमन्त्री ओलीपछि राष्ट्रपतिका उम्मेदवार विद्यादेवी भण्डारीले पनि मतदान गर्नुभयो । मतदान अपराह्न २ बजेसम्म जारी रहनेछ । यस्तै मतदानका लागि विभिन्न पार्टीका शीर्ष नेता र सभासद् लाइनमा हुनुहुन्छ । रासस










![;+;b ejg jfg]Zj/df hf/L /x]sf] /fi6«klt lgjf{rgdf cfkmgf] dt xfNb} dlxnf ;ef;bx? . tl:a/ M k|bLk/fh jGt,/f;;](https://www.dainiknepal.com/wp-content/uploads/2015/10/President-Election-10-650x433.jpg)








प्रतिक्रिया