काठमाडौं, ११ कात्तिक । राष्ट्रपतिको निर्वाचनका लागि आज गोप्य मतदान हुँदैछ । बिहान एघार बजेदेखि दुई बजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सांसदहरूले गोप्य मतदान गर्नेछन् ।
गोप्य मतदानको नतिजा पाँच बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद बैठकमा सुनाइनेछ ।
राष्ट्रपतिका लागि एमालेले विद्यादेवी भण्डारीलाई उम्मेदवार बनाएको छ । विपक्षी दल कांग्रेसले भने कुलबहादुर गुरुङलाई राष्ट्रपतिमा उम्मेदवार बनाएको छ ।
राष्ट्रपति उम्मेदवार भण्डारीको पक्षमा झण्डै साढे तीन समय मत रहेको दाबी गरिएको छ । यो मत संख्या जितका लागि प्रयाप्त हो ।
उता, कांग्रेस उम्मेदवार गुरुङको पक्षमा सवा दुई समय पनि पुग्ने कठिन रहेको स्रोतको भनाइ छ ।












प्रतिक्रिया