२२ कार्तिक २०८३, आइतबार

बैद्य माओवादीमा परी थापाको पार्टी यसरी बिलय भयो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Joint-Press-Statement-2072-काठमाडौं, ११ कात्तिक । मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीसँग परी थापा नेतृत्वको नेकपा (एकीकृत) विलय हुने भएको छ ।

दुई पार्टीको वार्ता टोली र शीर्ष नेतृत्वमा भएको छलफल र वार्तापछि नेकपा–माओवादीमा नेकपा (एकीकृत)बीच पार्टी एकता हुन लागेको जारी विज्ञप्तिमा उल्लेख छ ।

दुई पार्टीबीच मंगलबार काठमाडौंमा भएको वार्तामा नेकपा–माओवादी र नेकपा (एकीकृत) बीच पार्टी एकता गर्ने सहमति भएको हो ।

‘संयोजन समितिको बैठक बसी आधारभूत वैचारिक तथा राजनीतिक विषयहरूमा समान धारणा बनेकोले दुवै पार्टीबीच पार्टी एकता गर्ने निर्णय गरियो’, मोहन बैद्य र परी थापाद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ ।

सोहीअनुसार केन्द्रीय रूपमा पार्टी एकता अधिवेशन यही कात्तिक २२ गते काठमाडौंमा आयोजना गर्ने निष्कर्षमा पुगेको जनाइएको छ ।