३१ आश्विन २०८३, शनिबार

तेरिया काठमाडौंमा, सरकारले भव्य सम्मान गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Teriyaकाठमाडौं । डान्स इन्डिया डान्स (डीआईडी)लिटिल मास्टर्स सिजन ३ को विजेता तेरिया मगर काठमाडौं आइपुगेकी छिन् ।

त्रिभुबन अन्तरराष्ट्रिय विमानस्थलमा दिउँसो २ बजे तेरियालाई भब्य स्वागत गरियो ।

१२ वर्षीया तेरिया असार ७ भारतीय च्यानल जी टिभीबाट प्रशारण हुने डान्स इन्डिया डान्सकी विजेता बनेकी थिइन् । तेरियाले डिआइडीको विजेताको कप सँगै ५० लाख भारतीय रुपैँया र एउटा कारसमेत पाएकी थिइन । आफूलाई जिताउन मत गर्ने सबैलाई तेरियाले धन्यवाद दिएकी छिन् ।

नेपाल र भारत दुवै देशमा डीआईडीको उपाधि पहिलोे पटक तेरियाले हात परेकी हुन । यसअघि इन्डियन आइडीयल प्रशान्त तामाङ्ले पनि नेपाल र भारतमा तहल्का मच्चाएका थिए । तेरियालाई नेपालमा धेरै ठाँउमा सम्मान गरिने भएको छ ।

नेपाल सरकारको तर्फबाट उपप्रधानमन्त्री प्रकाशमान सिंहले तेरियालाई सम्मान गर्ने कार्यक्रम छ ।