२२ कार्तिक २०८३, आइतबार

नेपाल आइपुग्यो चीनको तेल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

rasuwagadi-naka-kurung

काठमाडौं, १० असोज । चीन सरकारले अनुदानमा उपलब्ध गराएको इन्धन नेपाल आइपुगेको छ ।

नेपाली पक्षले बुधबार मात्रै नेपाल आइपुग्ने सूचना दिएको भएपनि चीनले मंगलबारै अनुदानको इन्धनलाई उत्तरी नाका रसुवागढी नजिकैको केरुङमा पुर्याएको रसुवाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो ।

भारतको अघोषित नाकाबन्दी नखुलेपछि नेपाल सरकारको लिखित प्रस्तावमा चीनले सुरुमा सहयोग स्वरुप नेपाललाई १ हजार मेट्रिकटन पेट्रोलियम पदार्थ अनुदानमा दिने घोषणा गरेको थियो । उक्त पेट्रोलियम पदार्थ मंगलबार अपराह्न नेपाल चीन सीमा क्षेत्रको केरुङमा आइपुगेको हो । नेपालको रसुवागढीबाट केरुङ पुग्न मात्र २६ किलोमिटरको बाटो छ । जहाँ चिनियाँ ट्यांकरहरु तेल बोकेर नेपाली ट्यांकरलाई कुरिरहेका छन् ।

पेट्रोलिम पदार्थ बोकेका चिनियाँ ट्यांकर केरुङ पुगेर नेपाली ट्यांकरलाई पर्खिरहेको केरुङस्थित नेपाली व्यवसायी कृष्ण तामाङले बताउनुभयो । उहाँका अनुसार सय भन्दा बढी ट्यांकर केरुङको बाटोमा लामबद्ध भएर बसिरहेका छन् ।

प्रमुख जिल्ला अधिकारी गेलालले चीनको केरुङमा रोकिएको तेल उठाउन नेपाली ट्यांकर चालकको प्रवेशपास व्यवस्था नभएका कारण ढिलाइ भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘चिनियाँ राजदूताबासले ट्याङकर लिएर जाने चालक र सह–चालकको परिचयपत्र र सवारी अनुमतिपत्र सहित नाम लिष्ट पठाउन भनेपछि प्रक्रिया ढिलाई भयो । सम्भवतः भोली बुधबार नेपाली ट्यांकर तेल भर्न केरुङ पुग्छन् ।’

यसअघि रसुवागढी नाका सञ्चालनमा आएकै दिन चीनले अनुदानमै करोडौंको खाद्यान्न सामग्री समेत नेपाललाई उपलब्ध गराइसकेको छ ।
यसैबीच इन्धन खरिद सम्झौता गर्न चीन पुगेको उच्चस्तरीय सरकारी टोलीले बुधबारै चाइना नेशनल आयल कर्पाेरेशनसँग वार्ता गर्ने टोलीका सदस्य एंव चीनका लागि नेपाली राजदूत महेश मास्केले जानकारी दिनुभयो ।