काठमाडौं, १४ असार। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षका अर्का प्रत्यासी केपी शर्मा ओली पक्षले गुण्डा लगाएर आफ्ना समर्थकलाई धम्क्याएको दाबी गर्नुभएको छ ।
शनिबार काठमाडौंको बुद्धनगरमा आयोजित उपलब्ध महाधिवेशन प्रतिनिधिहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओली पक्षले गुण्डा लागाएर महाधिवशेन प्रतिनिधिहरुलाई धम्याउने गरेको दाबी गर्नुभएको हो । उहाँले धम्कीको सामना गर्न समर्थकहरुलाई आग्रह पनि गर्नुभयो ।
‘कसैले धम्क्याउँछ भने, सिध्याउँछु भन्छ भने त्यो चुनौतिको सामना गर्नुहोस्, तपाईँहरुको भविष्य सुरक्षित गर्ने ग्यारेन्टी हार्मी गर्छौं ।’ उहाँले भन्नुभयो ।
नेता नेपालले ओली पक्षले भोजभतेर खुवाउने देखि पैसा बाँड्नेसम्म गरेर महाधिवेशन प्रतिनिधि किन्न खोजेको आरोप समेत लगाउनुभयो ।
उहाँले भेरीमा महाधिवेशन प्रतिनिधि छनोट गर्ने निर्वाचनमा आफ्नो पक्षलाई छिर्न नदिएर धाँधली गरेको दाबी समेत गर्नुभयो ।
कार्यक्रममा नेपाल पक्षीय नेता एवं महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेले अहिलेसम्म निर्वाचित २१ सय प्रतिनिधिमध्ये ओलीका भन्दा ४ सय बढी आफ्नो पक्षमा प्रतिनिधि निर्वाचित भएको दाबी गर्नुभयो ।
















प्रतिक्रिया