११ कार्तिक २०८३, बुधबार

बिखण्डनकारी भावना फैलाइनु चिन्ताको विषय

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ramkumar-subaइटहरी, १० कात्तिक । बिनाविभागीय मन्त्री रामकुमार सुब्बाले मुलुक बिखण्डन गराउने र नेपालको प्रशासनिक संरचना कमजोर बनाउने षडयन्त्रकै कारण आज देशले कठोर समस्याको सामना गरिरहनुपरेको बताउनुुभएको छ ।

इटहरीस्थित आफ्नै निवासमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले समृद्ध नेपाल बनाउन भर्खरै नयाँ संविधानसमेत जारी गरिसकेको अवस्थामा मधेस वा लिम्बूवान आदिको विषय घनीभूत रुपमा ब्यँुझाएर गरिएको आन्दोलनले नेपाली समाजभित्र बिखण्डनकारी भावना फैलाइनु चिन्ताको विषय बनेको छ भन्नुभयो ।

देश र देशवासीका लागि आवश्यक पर्ने सम्पूर्ण स्रोत साधनले सम्पन्न गराउनुपर्ने तथा राज्य आत्मनिर्भर बनाउने र ती सबैसँग तालमेल मिलाएर सफलतापूर्वक काम गर्ने जिम्मेवारी सरकारको रहेको उहाँले स्पष्ट गर्नुभयो । रासस