११ कार्तिक २०८३, बुधबार

अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी : नेता पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का नेता आनन्दप्रसाद पोखरेलले अर्थमन्त्री स्वर्णिम वाग्लेले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका छन् ।

बुधबार रिपोटर्स क्लवले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले रास्वपा र सरकारको परराष्ट्र नीतिमाथि प्रश्न उठाउदै अर्थमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्ति आत्मसमर्पणवादी भएको आरोप लगाएका हुन् ।

उनले भारतसँगको सीमा समस्या, डुबान र असमान सन्धिको विषयमा आवाज उठाउँदा भारतविरोधी भनिन्छ भने आफू हजारपटक भारतविरोधी बन्न तयार रहेको तर्क गरे । उनले आफू भारतविरोधी नभई पञ्चशील र असंलग्न परराष्ट्र नीतिका आधारमा भारत, चीन, अमेरिका र अन्य मित्रराष्ट्रहरूसँग सन्तुलित सम्बन्ध हुनुपर्छ भन्ने पक्षमा रहेको स्पष्ट पारेका छन् ।

उनले सरकारको समग्र कार्यशैलीमाथि प्रश्न उठाउँदै राजदूत सिफारिसमा विवादास्पद व्यक्तिहरूलाई अघि सारिएको र नागरिकता विवादमा परेकी व्यक्तिलाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा सिफारिस गरेर गलत कदम चालिएको बताए ।