
काठमाडौं, १० कात्तिक । नेकपा एमालेका तर्फबाट उम्मेदवार उपाध्यक्ष विद्या भण्डारीले राष्ट्रपति पदका लागि व्यवस्थापिका संसदमा मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रपति पदका लागि तोकिएको समयभित्र उम्मेदवार भण्डारीले मनोनयन दर्ता गराउनुभएको हो । भण्डारीको प्रस्तावकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहनुभएको छ भने समथर्कमा कमल थापा, विजय गच्छदार, दीपक बोहरा, चित्र बहादुर केसी लगायत रहनुभएको छ ।
मनोनय दर्ता कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्छ ।
तस्वीर/विमल योगी














प्रतिक्रिया