२२ कार्तिक २०८३, आइतबार

उम्मेदवार चयन गर्न कांग्रेसले बल्ल बैठक बोलायो, कार्यसमिति बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले राष्ट्रपति र उपराष्ट्रपतिमा कसलाई उम्मेदवार बनाउने विषयमा निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनमा नौँ बजेपछि बस्ने बैठकले राष्ट्रपति र उपराष्ट्रपतिका उम्मेदवारको टुङ्गो लगाउने कांग्रेसले जनाएको छ । निर्णयपछि उम्मेदवारी दर्ता गर्ने बुझिएको छ ।

त्यसअघि महाराजगञ्जस्थित सभापति सुशील कोइरालाको निवासमा पदाधिकारीहरूको बैठक बस्नेछ ।

स्रोतका अनुसार कांग्रेसले राष्ट्रपतिमा आफ्ना नेता कुलबहादुर गुरुङलाई उम्मेदवार बनाउनेछ । गुरुङले पनि कांग्रेसले गर्ने निर्णयलाई आफूले मान्ने बताइ सक्नुभएको छ ।