११ कार्तिक २०८३, बुधबार

एमाओवादीबाट पासाङ बने उपराष्ट्रपति उम्मेदवार, विद्या भण्डारीलाई भोट हाल्न शर्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nandakishwor Pun "Pasang"pic taken on sep 2,2006

काठमाडौँ, ९ कात्तिक । एकीकृत नेकपा(माओवादी)ले सहमतिका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।

एमाओवादीको आज बसेको स्थायी समितिको बैठकले राष्ट्रप्रमुख सहमतिको आधारमा चयन हुनुपर्ने निष्कर्ष निकालेको छ । व्यवस्थापिका–संसद् सचिवालयले सहमतिका आधारमा राष्ट्रपति वा उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया अन्त्य भएको र बहुमतीय प्रक्रियामा प्रवेश गरेको भए पनि त्यसैभित्र सहमति खोज्न सकिनेमा जोड दिएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो ।

‘‘हामीले संविधान लेखन प्रक्रियामा एक स्थानमा रहेका प्रमुख राजनीतिक दल राष्ट्रप्रमुखको चयनमा एक ठाँउमा उभिनुपर्छ भन्नेमा जोड दिएका छौँ ।’’ शर्माले भन्नुभयो ।

सहमति नभए भण्डारीलाई मतदान

एमाओवादीले राष्ट्रपति निर्वाचनमा सहमति हुन नसकेका खण्डमा नेकपा(एमाले)का उम्मेदवार विद्यादेवी भण्डारीलाई मतदान गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको स्थायी समितिको बैठकले पार्टी उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

‘‘बहुमतीय प्रक्रियाका आधारमा अगाडि बढ्दा हामीले एमालेको उम्मेदवारलाई मतदान गर्नुपर्छ, हामी त्यसमा प्रतिबद्ध छौँ, बाहिर आएका गलत हल्लाको पछाडि कोही पनि लाग्नु आवश्यक छैन’’ शर्माले भन्नुभयो ।

एमाओवादीले उपराष्ट्रपतिमा माओवादी सेनाका पूर्वप्रमुख नन्दबहादुर पुनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी समिति सदस्य समेत रहनुभएका पुनः तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र सङ्घर्षका नेतृत्वकर्ता हुनुहुन्थ्यो । संविधानसभाको दोस्रो निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग उहाँ पराजित हुनुभएको थियो । रासस