११ कार्तिक २०८३, बुधबार

अपडेटः आजको महाभूकम्पबाट पाकिस्तानमा मर्नेको संख्या २७ नाघ्यो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

hindu-kush-Earthquake

काठमाडौँ, ९ कात्तिक । सोमबारको महाभूकम्पबाट पाकिस्तानमा ज्यान गुमाउनेको संख्या २७ नाघेको छ । भारत र अफ्गानिस्तानमा पनि ठूलै मानवीय क्षति भएको अनुमान गरिएको छ ।

भारतीय संचारमाध्यमका अनुसार, अहिलेसम्म २७ जनाको मृत्यु र सयौँ नागरिक घाइते भएको पाइएको छ । मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ ।

पाकिस्तानमा भारतमा भन्दा ठूलो भूकम्पको झट्का महसुस गरिएको थियो । पाकिस्तानमा भूकम्पको धक्का ८.१ रेक्टर स्केल रहेको बताइएको छ ।

आज दिउँसो पौने तीन बजे अफगानिस्तानको हिन्दुकुश पर्वत आसपास केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट अफगानिस्तान, पाकिस्तान र भारतसम्म क्षति पुगेको हो । भारतको उत्तरी क्षेत्रका थुप्रै राज्यमा भूकम्पबाट निकै ठूलो क्षति पुगेको छ ।